१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको जित



काठमाण्डौ ।

एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १र१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र इन्दु बर्माले नटआउट २८ रन जोडे । कुवेतकी मरिमा हैदरले २ विकेट लिइन् ।

नेपालले हिजो पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ुबीु मा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

नेपालले आउँदो सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन्।

प्रकाशित मिति : ४ असार २०७९ शनिबार ००:००  ४ : २२ बजे