८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

असाममा बाढीको वितण्डाः २५ जनाको मृत्यु, ८ जना अझै बेपत्ता



काठमाडौँ ।

भारतको असाममा बाढीको प्रकोपले संकटपूर्ण अवस्था सिर्जना गरेको छ।

हिजो शनिबार गएको बाढीबाट चार बालबालिकासहित थप ८ जनाको मृत्यु भएसँगै त्यहाँ बाढीबाट मृत्यु हुनेको ससंख्या २५ पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।
यस्तै, बाढीका कारण अझै आठ जना बेपत्ता भएका छन्। पछिल्लो समयमा भारतमा बाढीले वितण्डा मच्चाइरहेको छ।

भारतीय सञ्चार माध्ययमका अनुसार सो क्षेत्रका ३२ जिल्लामा गरी ३१ लाख मानिस बाढी प्रभावित भएका छन्।
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई राज्य र केन्द्र सरकारमा विद्यमान बाढीको अवस्थाबारे जानकारी दिँदै केन्द्र सरकारबाट हर तरिकाको सहयोग मिल्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति : ५ असार २०७९ आइतबार ००:००  ८ : २१ बजे