१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एक खेल अगावै इंग्ल्यान्डलाई ओडीआई सिरिज



काठमाडौं ।
नेदरल्यान्ड्सविरुद्धको तीन खेलको ओडीआई सिरिज इंग्ल्यान्डले एक खेल अगा वै जितेको छ। आइतबार राति नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो।

शुक्रबार सम्पन्न पहिलो खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २३२ रनले हराएको थियो।

नेदरल्यान्ड्सले दिएको २ सय ३६ रनको लक्ष्य इंग्ल्यान्डले ३६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

इंग्ल्यान्डको जितमा फिल साल्टले सर्वाधिक ७७ रनको इनिङ्स खेले। उनले ५४ बलमा ९ चौका प्रहार गरे। जासन रोयले ६० बलमा १३ चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय इनिङ्स खेले।

यता, मोइन अलीले ४० बलमा ५ चौका र १ छक्कासहित ४२ रनको अविजित इनिङ्स खेले। डाविड मालनले ५० बलमा १ चौका र १ छक्कासहित ३६ रनको अविजित इनिङ्स खेले।

नेदरल्यान्ड्सका आर्यन डुटले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो।

नेदरल्यान्ड्सका लागि स्कट एड्वार्ड्सले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बास डी लिडेले ४१ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। यता, लोगान भान विकले ३६ बलमा २ छक्कासहित ३० रन बनाए।

आदील राशिद र डेभिड विलिले २र२ विकेट लिए।

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ७ : ४२ बजे