१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रुपन्देहीमा मूल्यवृद्धि विरुद्धको आन्दोलनमा प्रहरीको हस्तक्षेप



बुटवल ।

गठबन्धन सरकार आए पछि सम्पूर्ण कुरामा महइगि ह्वात्तै बढेको आरोप वर्तमान सरकारलाइ छ । यस सरकारले पेट्रोलियम पदार्थमा नियमित रुपमा मूल्य वृद्धि गरिरहेको छ ।

नियमित रुपमा भइरहेको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियु सैनामैना र सहिद नारायण पोखरेल रामापुर क्याम्पसले विरोध प्रदर्शन गरिरहदा प्रहरीले हस्तक्षेप गरेको छ । मङ्गलवार सैनामैना ६ सहिद नारायण पोखरेल रामापुर क्याम्पस अगाडी पुर्व पश्चिम लोकमार्गमा अखिल समर्थक विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका थिए ।

विद्यार्थीले टायर र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । अनेरास्ववियुका क्याम्पस, नगर तथा जिल्लाका पदाधिकारी विरोध सभामा सहभागी थिए । सङ्गठनका नेताहरुले कार्यक्रममा बोल्दै वर्तमान सरकार असफल भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  ११ : ३८ बजे