१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण



रुपन्देही ।

रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले भने, ुहाम्रो प्रहरीमाथि भित्रबाट आक्रमण हुँदा डीएसपी पौडेल र उनका बडीगार्ड घाइते भएका छन् । अहिले दुबैको अवस्था सामान्य छ ।ु बाल सुधार गृहमा रहेका १८ वर्ष मुनिका किशोरहरूले भित्रबाट ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेको प्रहरीले जनाएको छ । बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर रहेका छन् ।

बाल सुधार गृहका किशोरहरूको अमर्यादित व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरी केही किशोरलाई स्थानान्तरण गर्न बालगृह पुगेको थियो । त्यहाँ अहिले ६० जनाको क्षमता भएपनि एक सय १० जनालाई राखिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  ६ : ०१ बजे