१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एमाले निकट अनेमसंघ बाणगंगा नगर कमिटीको अध्यक्षमा भुसाल



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बाणगंगा नगर कमिटीको अध्यक्षमा गीता भुसाल सर्वसम्मत चयन भएकी छिन् ।

मंगलबार बाणगंगा ८ बोडगाउँमा भएको नगरको दोस्रो सम्मेलनबाट भुसालको नेतृत्वमा ३५ सदस्यिय अनेमसंघ बाणगंगा नगर कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा तारावन्त चौधरी, उपाध्यक्षमा जुना पौडेल, सचिवमा शोभा आचार्य, सह–सचिवमा सुशिला घिमिरे, कोषाध्यक्षमा लक्ष्मी परियार लगायत रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ७ : ३८ बजे