३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन बरामद



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ ।शुक्रबार सलाम एयरवेजको उडान नं। ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।

सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो ।भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ३ : २६ बजे