४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

जग्गा अतिक्रमण गरेर सोझासाझा मानिसलाई बेच्ने काम भएको छः अध्यक्ष खाँ



दीपा महत, जितपुर ।

मायादेवी साझेदारी वनको जग्गा पहाडका सोझा साझा सर्वसाधारणलाई बेच्ने काम भएको उक्त बनका अध्यक्ष अब्दुल अजिज खाँले बताउनुभएको छ ।

शुक्रबार बनको अतिक्रमित क्षेत्रमा स्काभेटर चलाउन स्थानीयले विरोध जनाएपछि अध्यक्ष खाँले तत्कालको लागि बनको जग्गामा खेती, अतिक्रमण र बेचबिखन रोक्न बृक्षारोपण गरिने उहाँले बताउनुभयो ।

यसका साथै यहाँका स्थानीयले रोल्पा, रुकुम, प्यूठान जाजरकोट लगायत जिल्लाका सोझसाझा मानिसलाई जग्गा बेचेर उनीहरुलाई ठग्ने काम गरेको आरोप लगाउनुभयो ।

‘हामी संग प्रमाण छ त्यो प्रमाण आवश्यक परे हामी दिन तयार छौ तर यहाँका केहि ब्यक्तिले रुकुम, रोल्पा, प्यूठान जाजरकोटसम्मका सर्वसाधारणलाई सस्तोमा जग्गा बेचेर उनीहरुबाट ५–१० लाख लिएका छन् पिडितहरुले मलाई फोन गरेका छन् उहाँले भन्नुभयो । ’

यो क्रम चलिरहन दिने हो भने के होला उहाले प्रश्न गर्नुभयो ? यसरी सोझासाझा मानिसलाई ठग्ने काम भएको भन्दै बजारमा घर भएका ब्यक्तिहरुले नै जग्गा अतिक्रमण गरेको खाँन बताउनुहुन्छ ।

एकातिर सरकारले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर आस देखाएका छ । अर्को तर्फ अतिक्रमित जग्गा हटाउन लगाएको छ, यसले गर्दा समस्या भएको मायादेवी साझेदारी बनका अध्यक्ष अब्दुल अजिज खाँले बताउनुभयो ।

वनको अतिक्रमित जग्गा हटाउन लाग्दा आफुलाई विभिन्न ब्यक्तिहरुले ज्यान मार्ने सम्मको धम्की दिएको बताउनुभयो ।

बरवामा वडा नम्बर १० का स्थानीय आएर ११ नम्बर वडाका स्थानीयलाई उचाल्ने काम गरेको बताउनुभयो । ११ नम्बर वडाका स्थानीयसंग छलफल गरेर नै बृक्षारोपण गर्न लागेको उहाँको भनाई छ ।

सरकारले वनक्षेत्रमा अतिक्रमण गरेर बसेका जनतालाई चुनावी समयमा लालपुर्जा दिन्छु भनेर आश्वासन दिएको भन्दै समस्याको जडनै सरकार रहेको बताउनुभयो ।

यसमा जनताको पनि केहि गल्ती छैन चुनावको बेला जंगलको जग्गालाई लालपुर्जा दिन्छु भनेर आशा देखाउदाको परिणाम हो यो उहाँले भन्नुभयो ।

यसको जवाफ नगरपालिका र सरकारले दिनुपर्ने उहाँले बताउनुभयो । कडा सुरक्षाकाबीचमा स्काभेटर चलाइएको छ । सुरक्षाका लागि वनका कर्मचारी, नेपाल प्रहरी लगायत खटिएका छन भने स्थानीले अवरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ७ : ०४ बजे