२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालन



नवलपुर

बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाट-सुस्तापूर्व को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।
‘रातभरि डाइभर्सन निर्माणको काम गर्यौँ’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।’

मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो। डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन्। रासस

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ८ : २३ बजे