१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मोटरसाइकल दुर्घटनामा अस्मिता खनालको मृत्यु



मायादेवी अनलाइन, जीतपुर ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकि राखेको ट्याक्टरमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किँदा स्थानीय १९ बर्षीया अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक शिवराज नगरपालिका ३ मदवा बस्ने बर्ष १८ का बिमल पाण्डेको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार सोही ठाउँ कि अस्मिता खनालको टाउकोमा चोट लागि गम्भिर घाईते भएकी थिइन ।

खनालको उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको कपिलवस्तु प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ४ : २९ बजे