४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यस्तो आयो बाणगंगा नगरपालिकाको समग्र बजेट



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आव ०७९/०८० का लागि समग्र बजेट नगरसभाबाट सर्वसम्मत पारित गरेको छ ।

शुक्रबार विहान बसेको ११ औं नगरसभाले आगामी आर्थिक बर्षका लागि बजेटसहितको कार्यक्रम सर्वसम्मत पारित गरेपछि दिउँसो यसलाई एक कार्यक्रमको आयोजना गरि सार्वजनीकरण गरिएको थियो ।

बाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले सार्वजनिक गरेको बजेटमा सामाजिक विकास तर्फ सबैभन्दा ठूलो रकम विनियोजन गरिएको छ । चालु र पूजीगत दुबै शिर्षकमा गरि सामाजिक विकास तर्फ बाणगंगाले रु. ७९ करोड ४१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

यस्तै भौतिक पूर्वाधार विकास तर्फ रु.४३ करोड १० लाख, सुशासन तथा संस्थागत विकास तर्फ रु.१७ करोड ५९ लाख, आर्थिक विकास तर्फ रु.८ करोड १० लाख र बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु.९७ लाख बराबरको बजेट नगर प्रमुख अर्यालले सार्वजनिक गर्नुभएको हो ।

बाणगंगाले संघ, प्रदेश, आन्तरिक आय, नगद लागत सहभागीताबाट प्राप्त हुने बजेटको प्रक्षेपण गरि आगामी आर्थिक बर्षमा लागि रु.१ अरब ४९ करोड १७ लाख बराबरको बजेट ल्याएको छ ।

नगर प्रमुख अर्यालले सार्वजनिक गरेको बजेटमा अधिकांश पुराना कार्यक्रम समावेश छन् ।

बजेट सर्वजनीकरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, संविधानसभा सदस्य विश्राम प्रसाद थारु, नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी थारु, निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारु लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसर पारेर नगरपालिकाले उत्कृष्ट काम गर्ने नगरका कर्मचारी, उत्कृष्ट किसान, राम्रो काम गर्ने संघ संस्था, क्रियाशिल पत्रकारलाई सम्मान गरेको थियो ।

यो पनि…

बाणगंगा नगरपालिकाले बढायो आन्तरिक स्रोत, जेष्ठ मसान्तसम्म लक्ष्यको १ सय १७ प्रतिशत बृद्धि

प्रकाशित मिति : १७ असार २०७९ शुक्रबार ००:००  ६ : ०३ बजे