४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

डोटीको सेती नदीमा बेवारिसे अवस्थामा शव भेटियो



डोटी ।

डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेको सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

हिजो बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्रो भएको छ ।

नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  ९ : १५ बजे