६ असार २०८३, शनिबार | Sun Jun 21 2026

वैवाहिक बन्धनमा बाधिँदै अभिनेत्री नीता र ज्योतिष हरिहर



काठमाडौं ।

अभिनेत्री नीता ढुगांना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाधिने भएका छन्। आगामी शुक्रवार असार २४ गते उनीहरूको बिहे हुने पक्का भएको हो।

बिहेको निमन्त्रणा कार्ड समेत सार्वजनिक भइसकेको छ। सार्वजनिक भएको विवाहको कार्ड अनुसार असार २४ गते बिहे हुन लागेको हो। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने समेत कार्डमा उल्लेख छ।

उनीहरूको विवाहमा नजिकको आफन्त र फिल्मकर्मीहरू उपस्थित हुने बताइएको छ। नीता र हरिहर अर्थात ‘हनी’ जोडी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। उनीहरू फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन्।

प्रकाशित मिति : १९ असार २०७९ आइतबार ००:००  १ : २६ बजे