काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी थालेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरफेरको विषयमा छलफल गर्नुभएको छ ।
जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।
हालका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारीमा अध्यक्ष यादव रहनुभएको छ ।
संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी गर्नुभएको हो ।
केही समय अगाडि नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री फर्नेपर्ने माग उठेको थियो । विशेष गरी बाबुराम भट्टराई समूहले मन्त्री फेर्नुपर्ने माग उठाइरहेको छ ।







प्रतिक्रिया