रुपन्देही ।
प्रहरीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित लंकापुरबाट अवैध रूपमा भन्सार छलीको सुन र चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।







प्रतिक्रिया