३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

कुकुर टोकाइबाट लेखापालको मृत्यु



बैतडी ।

बैतडीको सिगास गाउँपालिका ७ मा कुकुरको टोकाइबाट विद्यालयमा कार्यरत लेखापालको मृत्यु भएको छ ।

वाड नं ७ का बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो ।

चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा साखा प्रमुख रमेश भट्टले बताए ।

परिवारका अन्य सदस्यहरुलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए ।

प्रकाशित मिति : २४ असार २०७९ शुक्रबार ००:००  २ : ४८ बजे