चितवन ।
चितवन बिग्रिएको बस मर्मतको क्रममा बसले किचेर सहचालकको मृत्यु भएको छ। गत शुक्रबार भरतपुर महानगरपालिका– २५ शुक्रनगरमा ना ५ख ९६७ नम्बरको बस मर्मत गर्ने क्रममा चालकले बस स्टार्ट गरी अघि बढाउन लाग्दा बसमुनि रहेका सहचालकको मृत्यु भएको हो।
बिहान सवा ८ बजे बसले किची गम्भीर घाइते भएका भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा करिब पौने ९ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। सो बस र बसका चालक भरतपुर– २७ का ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया