२ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, कोइराला पक्षका कार्यकर्ताद्वारा देउवाविरुद्ध नाराबाजी



काठमाण्डौ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बसिरहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आउँदो चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज सोमवार केन्द्रीय समिति बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा विभिन्न भातृ सङ्गठनका विषयमा पनि निर्णय हुने सम्भावना छ । बैठकका लागि सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालय सानेपा जानुभएको छ । उहाँ पार्टी कार्यालय पुग्दा शेखर कोइराला पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

भातृ सङ्गठन भताभुङ्ग बनाएको एकलौटी नियुक्ति गरेको भन्दै कोइराला पक्षका कार्यकर्ताले सभापति देउवालाई अवरोध गरेका हुन् । उनीहरूले कालो ब्यानर देखाउँदै नाराबाजी पनि गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९ सोमबार ००:००  २ : ४३ बजे