३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025

बौद्ध परम्पराअनुसार शिन्जो आबेको आज अन्तिम संस्कार गरिँदै



एजेन्सीँ ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ ।

अन्त्येष्टि गर्नुअघि शिन्जो आबेको परिवारले प्रार्थना सभा गरेका छन् । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदालगायत सहभागी हुनुभएको थियो । शुक्रबार नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उहाँलाई गोली हानिएको थियो । गोली लागेका ६७ वर्षका आबेको उपचारका क्रममा ज्यान गएको थियो ।

आबेलाई गोली हानेका ४१ वर्षका पुरुषलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै जापान प्रहरीले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको स्वीकार पनि गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७९ मंगलबार ००:००  १२ : ३१ बजे