२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

इटलीका प्रधानमन्त्री मारियो द्राघीद्वारा राजीनामा



एजेन्सी ।

इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिनुभएको छ।

सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उहाँले अल्पमतमा परेर राजीनामा दिनुभएको बीबीसीले जनाएको छ।

युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख समेत रहेका द्राघी फाइभ स्टार पार्टीको समर्थनमा गएको वर्ष प्रधानमन्त्री बन्नुभएको थियो । तर राष्ट्रपति सर्जियो माटारेल्लाले द्राघीको राजीनामा स्वीकृत गर्न अस्वीकार गर्नुभएको छ।

देश धेरै सङ्कटको बीचबाट गुज्रिरहेको भन्दै आउँदो राजनीतिक चित्रको स्पष्ट सङ्केत संसद्ले नदिएसम्म आफूले राजीनामा स्वीकृत नगर्ने राष्ट्रपति माटारेल्लाको अडान छ ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ७ : ४० बजे