२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

पोखरीमा डुबेको अवस्थामा २ वर्षीय बालकको शव भेटियो



महोत्तरी ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ ।

गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।
उनका अनुसार बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा भेटिएको हो ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  २ : १५ बजे