७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा चट्याङ लागेर एक किशोरको मृत्यु



दाङ ।

दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १० : ४१ बजे