५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

दाङमा गोठ भत्किएर २ वर्षीया बालिकाको मृत्यु



दाङ ।

दाङमा गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ।

घोराही उपमहागनरपालिका वडा नं ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा त्यसमा परि घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो।

स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते ती बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिए।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १० : ५३ बजे