मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संघीयताको विरोध गर्नेहरुलाई फटाहको संज्ञा दिएका छन् ।
कपिलवस्तुको जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा समारोहलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् ।
‘आजभोलि संघीयताको विरोध गर्न थालेको सुन्छु । यति छिट्टै संघीयताको विरोध गर्नु पर्ने बेला भयो ? उनले प्रश्न गर्दै भने, ‘संघीयताको विरोध गर्नु फटाहहरुको काम हो ।’
महान उपलब्धी पछि संघीयता प्राप्त भएको भन्दै यसलाई दिगो बनाएर अगाडी बढ्नुको विकल्प नभएको उनले जनाए ।
‘समाज कहिल्यै पछाडी फर्कन नसक्ने पनि उनले जनाए । अहिलेको व्यवस्था सजिलै गरि आएको व्यवस्था होइन्, यसैलाई दीगो बनाउदै लैजानुपर्छ’, उनले भने ।
छुट्टै किसिमको समाजवादी व्यवस्था आइ हाले छ भने यसै भन्न सकिन्न तर अहिले संघीयता फालेर पुरानै व्यवस्था आउछ भन्नेलाई मुख्यमन्त्री केसीले उपब्रुजुकको संज्ञा दिएका छन् ।
सधै नकरात्मक दृष्टिकोण नराख्न पनि उनले सबैमा आग्रह गरेका छन् । ५ बर्ष पहिले भएको विकास र अहिले भएको विकासको तुलना गर्न उनले चुनौती दिएका छन् ।
संघीय सरकारको कामै नभएको पनि उनले टिप्पणी गरे । देशभरका ७ सय ५३ स्थानीय तह र ७ प्रदेशको पुजीगत खर्च हेर्दा संघको कामै नभएको देखिने उनले बताए ।
‘कतिपयले अफवाह र भ्रम छर्दै संघीयताको विरोध गर्दै हिडेको सुनिन्छ । ५ बर्ष पहिले र अहिलेको विकासको तुलाना गरौं, उनले पत्रकारलाई आग्रह गर्दै भने, ‘७ सय ५३ स्थानीय तह र ७ पालिकामा भएको पूजीगत बजेट खर्चको चुतला गरेर समाचार लेख्नुस । संघको त कामै छैन् ।’







प्रतिक्रिया