७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

सामुदायिक वनमा श्रीखण्डसँगै कुरिलो खेती



दाङ ।

डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरू गरेको छ ।

समूहरसहकारी मार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी कुरिलो खेती गर्न थालिएको हो।

सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले खेती सुरू गरिएको हो। बजारमा कुरिलोको माग अधिक छ।

घोराही उपमहानगरपालिका १८ अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनको खाली रहेको करिब २ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय कुरिलोको बिरूवा र श्रीखण्ड रोपिएको हो।

यस्तै घोराही ४ को श्रमजिवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुरीले आफ्नो कृषि बालीसँगै तरकारी खाने कुरीलो ७ हजार ५ सय बोट लगाएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।

वन, वातावरण तथा भु(संरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताको सहभागितामा ६ हजार दुई सय कुरिलोका बिरूवा रोपिएको उनले बताए।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  १ : ०५ बजे