कास्की ।
महिला विकास र सशक्तिकरणमा लामो समय सक्रिय अञ्जली शर्मा अखिल नेपाल महिला संघ गण्डकी प्रदेशको संयोजकमा चयन भएकी छन् ।
केन्द्रीय युवा कमिटीले मंगलबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय युवा भेलाले शर्माको संयोजकत्वमा ५५ सदस्यीय युवा महिला कमिटी गठन गरेको हो ।
कमिटीको सह–संयोजकमा नवलपुरकी रीता भण्डारी, सचिवमा कास्कीकी पुष्पान्जली भण्डारी, उप-सचिवमा मुस्ताङकी अनिता घटनी र तनहुँकी सुभद्रा लम्साल कोषाध्यक्षमा चयन भएकी हुन् ।
संयोजक शर्माले अब महिलाको हकहित र शशक्तिकरणमा भूमिका खेल्ने बताइन् । महिलालाई राजनीतिमा ल्याउन र समाजमा हुने हिंसाविरुद्ध सशक्त ढंगबाट उठ्न बिभिन्न कार्यक्रम गर्ने उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले महिलाहरुका राजनीतिमा हस्तक्षेपकारी भूमिकामा बताइन् ।
अनेमसंघकी अध्यक्ष थममाया थापाले आगामी निर्वाचनमा महिलाको सिट सुरक्षित गर्न युवा महिलाहरुले विेशेष अभियान सञ्चालन गर्नु पर्ने बताइन् । कार्यक्रममा अनेमसंघ केन्द्रीय युवा कमिटी संयोजक दिपा शर्मा लगायतको सहभागिता थियो ।







प्रतिक्रिया