२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बर्दियामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ



बर्दिया ।

बर्दियामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन्।

बाँकेको बैजनाथ गाउँपालिका घर भइ बर्दियाको बढैयातालस्थित दिदीको घरमा आएका बेला १६ वर्षीया बालिकामाथि साउन ५ गते बलात्कार भएको हो।

फुलबारीस्थित सडक किनारमा बालिकामाथि बलात्कार भएको भन्ने जाहेरी आएपछि इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–८ गुरुदयालका ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिक छन्। बलात्कार मुद्दामा उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  ३ : ४६ बजे