२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पछिल्लो एक बर्षमा सवारी दुर्घटनाबाट गुल्मीमा १७ जनाको मृत्यु



तम्घास ।

आर्थिक वर्ष २०७८र०७९ मा गुल्मीमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भएको दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएको जनाएको छ ।

कार्यालयका अनुसार २०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा दुई जना, जीपमा एक र मोटरसाइकलमा एक जना गरी कुल ४ जनाको मृत्यु भयो । जसमा तीन जना पुरुष र एक जना महिला रहेको कार्यालयले जनाएको छ । यस्तै भदौमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । असोजमा सवारी दुर्घटना परी चार जनाको मृत्यु भएको छ । जसमा एक जीप र दुई वटा मोटरसाइकल दुर्घटनामा दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।

कात्तिकमा एक ट्याक्टर, एक जीप र दुईवटा मोटरसाइकल गरी पाँच वटा सवारी दुर्घटनामा परे जसमा दुई जना महिलाको मृत्यु भयो । पुसमा एक मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । माघमा चार वटा सवारी दुर्घटना भए जसमा एक जना पुरुषको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ ।

यस्तै चैत महिनामा दुई वटा मोटरसाइकल र दुई ट्याक्टर गरी चार सवारी दुर्घटनामा परि तीन जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । जेठ महिनामा मोटरसाइकल दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७७र०७८ मा कुल ३७ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६र०७७ मा २८ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  २ : ४७ बजे