१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

प्रतिबन्धका बाबजुत नेपालमा ३ अर्ब ७१ करोडको मदिरा आयात



काठमाडौं ।

साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८र०७९ साउन २०७८ असार २०७९ सम्म मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ ।

यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७र०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  १ : ०१ बजे