२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

गायिका दिलमायाको हत्या आरोपित प्रेमी श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान



काठमाडौं ।

लोकदोहोरी गायिका दिलमाया सुनारकी प्रेमी खिलबहादुर श्रेष्ठ सूर्य पुर्पक्षको लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई हत्या आरोपमा पुर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाएको छ। गत असार ११ गते बिहान ११ बजे काठमाडौंको तार्केश्वर नगरपालिका(११ नेपालटारस्थित डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका(२ की ३३ वर्षीया सुनार मृत फेला परेकी छन्।
उनी आफ्नै खाटमा मृत फेला परेकी थिइन्। तर उनको घाँटीमा निल दाम देखिएको थियो।

तर राति १::२० मिनेटमा उनको फेसबुकमा एउटा स्टाटस लेखिएको थियो। जसमा आत्महत्या गर्न लागेको उल्लेख गरिएको थियो।

त्यो स्टाटस देखेपछि उनले आत्महत्या गरेको हो कि भन्ने प्रश्न उठेको थियो। तर घटनास्थलमा मोबाइल फोन नहुनु र कोठा खुल्लै हुनाले घटना शंकास्पद देखियो।

त्यसपछि प्रहरीले उनीसँगै बस्दै आएका प्रेमी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठमाथि अनुसन्धान थाल्यो। उनीहरूले घरबेटीलाई आफूहरू श्रीमान(श्रीमती हो भनेर चिनाएका थिए।

उनले आफू घटना हुनु अगाडि नै घरबाट निस्केको बताएका थिए। सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा आफू मध्यराति १२ बजेतिर निस्केको बताएका थिए।

अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। साढे ४ बजे मात्र उनी घरबाट बाहिरिन्छन्।

प्रहरीको अनुसन्धानबाट उनीहरू विगत सातरआठ महिनादेखि त्यहाँ बसिरहेको खुल्यो। उनैले मध्यरातमा हत्या गरी ४ बजे भागेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। यता सुनारकी बुवाले उनीविरूद्ध प्रहरी वृत्त बालाजुमा कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएका थिए।

यस्तै उनले घटनामा प्रयोग भएको सल पनि फ्याँकेको खुल्यो। सल महाराजगन्जस्थित कतार भीसा सेन्टर नजिकैको सडक किनारमा रहेको झाडीमा फेला परेको थियो।

तर घटनास्थलबाट हराएको सुनारको फोन भने अझै फेला परेको छैन। प्रहरीले यस घटनामा अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पठाएको थियो।

त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आइतबार उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  १ : ०५ बजे