२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रहरीलाई छापा मार्नबाट रोक्न खोज्ने ७ महिला पक्राउ



काठमाडौं ।

तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।

तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।

छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  ३ : २२ बजे