२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बर्दियामा बलात्कारका आरोपित हिरासतबाटै फरार



बर्दिया ।

बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा इलाका प्रहरी कार्यालय, बाँसगढीबाट सोमबार दिउँसो फरार भएका छन् । प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएको हो ।

गत असार २३ गते पक्राउ परेका बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खॉ सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले बताए ।

बलात्कारका अभियोगीलाई बाँकेबाट पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा कारबाही चलाइएको थियो । जिल्ला अदालत बर्दियामा पुनस् म्याद थप गर्न ल्याउने समय प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

स्थानीयले प्रहरीको लापरबाहीले थुनुवा भागेको आरोप लगाएका छन् । प्रहरी नायब उपरीक्षक सुवेदीले फरार अभियोगीको खोजी कार्य तीव्र पारिएको जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९ मंगलबार ००:००  १० : ३१ बजे