६ असार २०८३, शनिबार | Sun Jun 21 2026

रुपन्देहीमा घाँस काट्न जंगल गएकी युवतीलाई करणी प्रयास गर्ने युवक पक्राउ



रुपन्देही ।

रुपन्देहीको सैनामैनामा घाँस काट्न जंगल गएकी युवतीलाई करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोलका ४८ वर्षीय निलमणी दमाई रहेको प्रहरीले जनाएको छ ।

उनले साउन १० गते बिहान गाउँकै महिला दिदी नाता पर्ने १९ वर्षीया युवतीसँग घाँस दाउरा गर्न जङ्गल गएको बेला एक्लै भएको मौका छोपि जवरजस्तीको प्रयास गरेका थिए ।

सैनामैनास्थित तुलबुलिया खोलाको पूर्वपट्टी रहेको नेवारडाँडो जङ्गलको करिब पाँच सय मिटरमाथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतीलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जङ्गलमा दाउरा काट्न गएका उनले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतीको संवेदनशील अङ्गहरुमा छुन खोजी जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जङ्गलै जङ्गलको बाटो हुँदै युवती भागि निस्किएकी इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

आरोपित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९ बिहिबार ००:००  १२ : १३ बजे