२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित



काठमाडौं ।
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विधेयक बहुमतबाट पारित भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरूलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए । उनले यसपटकको विधेयकमा सत्तासीन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको पनि बताए ।

यसअघि साउन ६ गते प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९ बिहिबार ००:००  ८ : १७ बजे