काठमाडौं ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ ले त्रिभुवन विश्वविद्यालय त्रिविमा लगाएको ताला खोलेको छ ।
त्रिवि सेवा आयोगका अध्यक्षले आफ्नो पदावधी सकिने दिनमा गर्न खोजेको कथित अन्तरवार्ता परीक्षा स्थगनसँगै नेवि संघले आयोगमा गरिएको ताला खोलेको हो ।
सेवा आयोगका अध्यक्षको पदावधी सकिएका प्राध्यापक डा। लालू प्रसाद पौडेलले व्यक्तिगत तथा केही अमुख राजनितिक पार्टीका कार्यकर्ता सेवा आयोग मार्फत भर्ति गरेको आरोप लगाउँदै नेविसंघले तालाबन्दी गरेको थियो ।
नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले आइतबार एक विज्ञप्ति जारी गर्दै ताला खुलेको जानकारी गराएका हुन् ।
परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पद रिक्त रहेको वर्तमान अवस्थामा पदपुर्ती नहुन्जेलसम्मको लागि आन्दोलन फिर्ता लिएको नेविसंघ त्रिवि समितिले जनाएको छ ।
प्रतिक्रिया