१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दाङदेखि खाली खुट्टा यात्रामा निस्किएका झनक पुगे काठमाडौं



दाङ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का युवा तथा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका उपसचिव झनक बस्नेत २१ दिन लामो पैदल यात्रापछि काठमाडौं पुगेका छन् ।

बस्नेतले बिहीबार काठमाडौंस्थित पशुपतिनाथ पुगेर यात्रा विसर्जन गरेका थिए ।

बस्नेतले साउन ४ गतेदेखि दाङको अन्तिम सीमाना कोहलपुर– सुर्खेत सडक खण्डमा पर्ने बबई नदी किनारबाट उनी खाली खुट्टा पैदल यात्रामा निस्किएका थिए ।

आफ्नो यात्रा नेपाली कांग्रसका स्वर्गीय नेता खुमबहादुर खड्काप्रति समर्पित रहेको यात्रा प्रारम्भको क्रममा बस्नेतले बताएका थिए ।

यात्रा समापनका अवसरमा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेता सुशीलमान शेरचन र संविधानसभा सदस्य बुद्धिराम भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेर बस्नेतलाई बधाई दिएका थिए ।

बस्नेतले अर्को अभियानका बारेमा भविष्यमा सामाजिक सञ्जालमार्फत् अवगत गराउने जानकारी पनि दिएका छन् ।

यात्राका क्रममा विभिन्न स्थानमा स्वागत, सम्मान गर्नेदेखि शुभकामना दिने र सहयोग गर्ने सबैप्रति बस्नेतले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ७ : ३२ बजे