८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बलात्कार आरोपमा बाँकेबाट एक युवक पक्राउ



काठमाडौं ।

किशोरीलाई बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकाया छन् ।

बैजनाथ गाउँपालिका–१ गाभरमा कुखुरा फर्म सञ्चालन गरेर बस्ने रोकायालाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायाले कोहलपुर नगरपालिका–११ दशविगाहास्थित इन्द्रेणी होटेल एण्ड लजमा लगेर १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  १ : २८ बजे