काठमाडौं ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा सीमित व्यक्तिबाट लुटतन्त्र मच्चाइएको बताएका छन् । राप्रपाको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकै कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको वर्तमान विषम परिस्थितिमा नेपाली जनताको लागि महत्वपूर्ण अवसर हो । समग्रमा भन्नुपर्दा देश वर्वादीको बाटो गएको छ । मंसिर ४ गते चुनाव नभएको भए अर्कै बाटो रोज्नुपर्ने अवस्था थियो ।’
लिङ्देनले भने, ‘भ्रष्ट नेता विस्थापित गर्न श्रीलङ्काले जस्तो लट्ठी प्रयोग गर्नु पर्दैन । स्वस्तिक छापको सही प्रयोग गरे पुग्छ । आउने निर्वाचनलाई नियमित प्रकृया मात्रै नसम्झौं । नेपाली जनता जो ३ दशकदेखि कांग्रेस एमालेको चक्रव्यूहमा फसेका छन् उनीहरुबाट उम्कने कोशिश गर्नुपर्छ । ’
प्रतिक्रिया