२७ कार्तिक २०८१, मंगलबार | Tue Nov 12 2024

नेपाल समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा उमाशंकर, मुख्यसचिवमा हिकमत



बुटवल ।
डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको भेलाले उमाशंकर यादवको अध्यक्षतामा १५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

जसअनुसार रहिश साह, नारायण नागिला, मञ्जु चौधरी, धनेश्वरी चौधरी, हरि घर्ती, राजकुमार चौधरी र एचआर शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

एकजना उपाध्यक्ष पछि राखिने नेसपा लुम्बिनीले जनाएको छ ।

कमिटीको मुख्यसचिवमा हिक्मत बिक, तीन सचिवमा राजेन्द्र जिसी तथा २ रिक्त राखिएको छ । कोषाध्यक्षमा यमुना थापा चुनिएकी छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९ सोमबार ००:००  ६ : ०७ बजे