२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान रोक



काठमाडौं ।

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए ।
आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९ र ८० को बजेटको बुँदा नं २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७९ बुधबार ००:००  १२ : १३ बजे