२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्छ : पौडैल



काठमाण्डौ ।

राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा त्यो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्नुभएको हो ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले हाम्रोजस्तो खुला सीमाना भएको देशमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताउनुभयो । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने उहाँको अडान थियो । उपाध्यक्ष पौडेलले विवाहितका लागि अङ्गीकृत नागरिकता पाउन सात वर्ष कुनुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिज्यूले संविधानअनुसार नै नागरिकता विधेयकमा पुनर्विचार गर्नका लागि फिर्ता पठाउनुभएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु । राष्ट्रिय जनमोर्चाले संविधान घोषणा गर्दाखेरि नै नागरिकता विधेयकसम्बन्धी आफ्नो धारणा स्पष्ट गर्दै संशोधन राखेर संविधान घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ भदौ २०७९ बिहिबार ००:००  ३ : ३० बजे