काठमाण्डौ ।
पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ ।
बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ ।
यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उहाँले जानकारी दिनुभयो । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विषयमा पनि छलफल भएको महराले बताउनुभयो ।
प्रतिक्रिया