२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

चुनावमा बहुमत ल्याउने गरी एमालेले तयारी गर्दैछः योगेश भट्टराई



काठमाडौं ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि पार्टीका सबै विभागहरूले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको उनले बताए ।

उनले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतीहरूलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए । सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे ।

एमालेले पार्टीका सबै विभागलाई भदौ १५ भित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारे पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोही अनुसार सबै विभागहरूले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।

प्रकाशित मिति : ३ भदौ २०७९ शुक्रबार ००:००  ७ : ५७ बजे