७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गुल्मीमा महिलाको वेवारिसे शव फेला



गुल्मी ।

गुल्मीको हर्पुकोट गाउँ नजिकैको वनमा वेवारिसे महिलाको शव फेला परेको छ । इस्मा गाउँपालिका–१ हर्पुकोट गाउँ नजिकै पर्ने बसेनी सामुदायिक वनमा अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको हो।

त्यस वडाध्यक्ष शेरबहादुर कुँवरका अनुसार शनिबार बिहान गाई गोरु चराउन पुगेका हर्पुकोट दुई जना ब्यक्तिहरुले उक्त शव देखेर वडाध्यक्ष कुँवरलाई खबर गरेका थिए । उनका अनुसार अनुहार चिन्न सक्ने अवस्थामा छैन । लामे कपाल , गुन्यु चोली लगाएको देखेर महिला भएको पत्ता लगाइएको वडाध्यक्ष कुँवर बताउँछन् ।

उमेर अन्दाजी ६० वर्षको हुन सक्ने उनको ठम्याई छ । उनले वडा नम्वर १ , २ , ३ सम्मका कतै महिला हराएका छन् कि भनेर खबर गरेको तर पत्ता लाग्न नसकेका कारण मिडिया मार्फत सबैलाई सूचित गरी दिन वडाध्यक्ष कुँवरले आग्रह गरे ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवसंग बुझ्दा उनले हस्तीचौरको प्रहरी पुगिसकेको र आफु पनि घटनास्थलमा पुग्नै लागेको बताए । उनले उक्त शव महिलाकै भएको अनुमान गरिएको बताए ।

प्रकाशित मिति : ४ भदौ २०७९ शनिबार ००:००  ११ : ५२ बजे