काठमाडौं ।
चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन एनएमए नेशनल हेल्थ समिट २०२२ आगामी असोज २ र ३ गते काठमाडौंमा हुने भएको छ।
संघले जनाएअनुसार यो वर्ष पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात् महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ।
सम्मेलनमा विभिन्न सातवटा विषयमा छलफल हुनेछ। यो पटक सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर, संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर‚ खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा मेडिकल टुरिजम र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने छ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएशनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा। लोचन कार्कीले जानकारी दिए।
अध्यक्ष डा। कार्कीका अनुसार सम्मेलनमा विज्ञहरूसँग अन्तरसंवाद गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रूपमा पेश गरिनेछ। ुयो सम्मेलनमा विभिन्न विषयमा गहन छलफल हुनेछु‚ उनले भने, ुछलफलबाट आएका सुझावलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरू बनाउन र अन्य सुधारका लागि दिनेछौुं‚ उनले भने।
दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ। संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा। लोचन कार्की, महासचिव डा। बद्री रिजाल, डा एन्जल मगर र डा। चन्दा कार्की छन्। डा। चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुन्।
डा। कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा। सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा। सरोजा कार्की पाण्डे, डा। सुमनराज ताम्राकार, डा। पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा। सुजित भुषाल र डा। अलिस्का निरौला छन्। सम्मेलनको सल्लाहकार समितिमा डा। रमेशकान्त अधिकारी, डा। केदारनरसिंह केसी, डा। किरण रेग्मी, डा। कुसुम थापा र डा मिता सिंह हुन्।
सम्मेलनका लागि डा बद्री रिजालको अध्यक्षतामा रिसेप्शन र रजिष्ट्रेशन समिति, डा अनिलविक्रम कार्कीको अध्यक्षतामा फन्ड रेजिङ समिति र डा। प्रकाश बुढाथोकीको अध्यक्षतामा प्रचारप्रसार समिति गठन भएको छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले पनि विशेष धारणा राख्नेछन्।
संघले सम्मेलनमा सहभागी हुनका लागि आवेदन समेत खुला गरेको छ। संघले अनलाइन र संघको कार्यालयबाट आवेदन दिन सक्ने गरी आवेदन खुला गरेको हो। सम्मेलनमा सहभागी हुनका लागि ५००, १००० र १५०० शुल्क तोकिएको छ।
प्रतिक्रिया