२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भारतलाई थप १११ मेगावाट बिजुली बेच्न प्राधिकरणले गर्‍यो प्रस्ताव



काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको थप १११ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएमा थप विद्युत् निर्यात सुरु हुने छ ।

प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेबाट उत्पादित कुल १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति आउने विश्वास रहेको बताए ।

‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनी बाहेकका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक पहल भइरहेको छ’ उनले भने ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार डे अहेड मार्केट मा विद्युत् बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्‌को परिमाणसहित ुबिडु गरी प्रतिस्पर्धा गर्दछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्‌को प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन सााझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

प्रकाशित मिति : ५ भदौ २०७९ आइतबार ००:००  ३ : ०२ बजे