काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको छ ।
आज बिहीवार दिउँसो महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना डोजर चलाएको हो । यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो ।
अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभएको थियो । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेको थियो ।
अहिले महानगरले अवैध संरचना र पार्किङको नक्सा पास गरेर अरू नै प्रयोजनमा लगाउनेमाथि कारबाही थालेको छ । यसअघि सुन्धारा र न्युरोड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको थियो ।







प्रतिक्रिया