२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

दलीय दबाबले अतिक्रमण हटाउन सकिनँ, बालेनजीलाई मेरो समर्थन : पूर्वमन्त्री झाँक्री



काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताएकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय दबाबका कारण रोकिनु परेको बताएकी छिन् ।

झाँक्रीले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताइन् । उनले भनेकी छिन्, ुमैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएकोछ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।

महानगरको नक्सा बदल्ने जोस
उनले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताएकी छिन् । उनले अगाडि भनेकी छिन्, मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।

पछिल्लो समय नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई काठमाडौं महानगरले तीव्र बनाएको छ । महानगरको रूप फेर्न मेयर बालेन्द्र शाह आफैं मैदानमा उत्रिएको भन्दै सर्वसाधरणले प्रशंसा गरेका छन् । त्यस्ता संरचना हटाउन ३५ दिने सूचना दिँदा छलफलका लागि सम्पर्कमा नआएपछि कारबाहीमा उत्रिएको महागरको दाबी छ ।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  १ : ४६ बजे