२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वानको लुम्बिनी प्रदेश सचिवमा भुसाल निर्वाचित



बुटवल।

ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा वानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक हुन् ।

लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधीमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ३ : ५८ बजे