२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक कार्गो सामान विदेश पठाउने तयारी



भैरहवा ।

यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक कार्गो सामान विदेश पठाउने तयारी गरेको छ । कुवेतको जजिरा एयरलाइन्सले गत जेठ २ गतेबाट व्यावसायिक उडान थालेको थियो । यहाँ कार्गो उडानका लागि आवश्यक पूर्वाधार तयार रहेपनि निर्यात कम्पनीले चासो नदिँदा ढिलाइ भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार बिहान जजिरा एयरलाइन्सले दुई टन कार्गो लैजान लागेको छ । सामान निर्यातका लागि विमानस्थलमा भन्सार, सुरक्षा जाँच लगायत आवश्यक पूर्वाधार तयार गरिएको छ ।

काठमाडौंस्थित हिमालेक्स ट्रेडर्सले पहिलोपटक आफ्ना उत्पादन राइजिङस्टार कार्गो प्रालिमार्फत फ्रान्स निर्यात गर्न लागेको हो । हिमालेक्स ट्रेडर्सका सञ्चालक प्रदीप सापकोटाले यो ट्रान्जिट कार्गो भएको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ५ : १० बजे